वाम एकता

ओली-प्रचण्डबीच बराबरीमै मिलेन कुरा

पत्रपत्रिकाबाट

विहीबार, २७ बैशाख २०७५, ०७ : ०६
ओली-प्रचण्डबीच बराबरीमै मिलेन कुरा

काठमाडौं । एमाले र मोओवादी केन्द्रबीच पार्टी एकता गर्ने सहमति भए पनि घोषित रुपमा पार्टी एकिकरणको मिति तय हुन सकेको छैन । दुबै पार्टीले अन्तिम तयारी पुगोको दाबी गरिरहँदा पार्टी एकतामा अझै कुरा मिल्न सकेको छैन ।

पार्टी एकताका लागि समान हैसियतमा कुरा मिल्न सकेको छैन । आजको नेपाल समाचारपत्रको पहिलो पृष्ठमा समाचार छ । दुई अध्यक्ष केपी ओली र प्रचण्डबीच दर्जनौंपटक भएको वार्ता र छलफलबाट पनि सहमति जुट्न सकेको छैन । पार्टी एकताका लागि विचार, सिद्धान्तमा कुनै विवाद नभए पनि सांगठनिक विषयमा ओली र प्रचण्डबीच कुरा मिल्न सकेकोे छैन ।

प्रतिक्रिया दिनुहोस