काठमाडौं । तनहुँ, रोल्पा र मोरङमा करेन्ट लागेर तीन जनाको मृत्यु भएको छ । तनहुँको ब्यास नगरपालिका–१ मौरीयाटार बस्ने ६८ वर्षीय ओम बहादुर नेपालीको करेन्ट लागेर बिहीबार मृत्यु भएको हो ।
घर नजिकैको खोलाबाट पानी तान्न मोटर चलाउने क्रममा करेन्ट लागेर अशक्त भएका उनको जिल्ला अस्पताल दमौलीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । रोल्पाको गंगादेव गाउँपालिका–७ धपरी बस्ने ३० वर्षीय टिकाराम वलीको करेन्ट लागेर बिहीबार मृत्यु भएको छ ।
रोल्पा नगरपालिका–७ निम्रीस्थित वेभ सर्भर जडान गर्ने क्रममा करेन्ट लागेर अशक्त भएका उनको उपचारको लागि जिल्ला अस्पताल रेउघातर्फ लैजानेक्रममा बाटोमै मृत्यु भएको हो ।
मोरङको मिक्लाजुङ्ग गाउँपालिका–८ बस्ने २९ वर्षीय नगेन्द्र बस्नेतको करेन्ट लागेर बिहीबार मृत्यु भएको छ । मिक्लाजुङ्ग गाउँपालिका–२ र ईलाम चुलाचुली गाउँपालिका–६ को सिमानास्थित नुनसरी खोलामा करेन्ट लगाई माछा मार्नेक्रममा करेन्ट लाग्दा उनी अशक्त बनेका थिए । उनको अरनिको अस्पताल उर्लाबारीमा उपचारको क्रममा मृत्यु भएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २० फागुन २०७८, १६ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
करेन्ट लागेर एक कर्मचारीको मृत्यु
झापामा एक वर्षमा करेन्ट लागेर १५ जनाको मृत्यु
अछाममा करेन्ट लागेर एक जनाको मृत्यु, पाँच घाइते
करेन्ट लागेर एक जनाको मृत्यु
बल्ब जोड्ने क्रममा करेन्ट लागेर एक बालकको मृत्यु
खेतमा पानी लगाउने क्रममा करेन्ट लागेर महिलाको मृत्यु