पोखरा । महाशिवरात्रिको अवसरमा लगाइएको मेलाका क्रममा झगडा हुँदा एक जनाको मृत्यु भएको छ । पोखरा-२० मौजामा स्थानीय युवाले मेला आयोजना गरेका थिए । उक्त मेलामा मदिरा सेवन गरी गाउँकै युवाबीच झगडा भएको हो । झगडामा स्थानीय ३५ वर्षका चोकबहादुर गुरुङको हत्या भएको छ ।
हत्या आरोपमा कास्की प्रहरीले निशान गुरुङ, प्रकाश गुरुङसहित तीन जनालाई पक्राउ गरेको छ । पीडित परिवारको किटानकै आधारमा उनीहरुलाई विभिन्न ठाउँबाट पक्राउ गरिएको कास्की प्रहरी प्रवक्ता डीएसपी सुन्दर तिवारीले जानकारी दिए ।
‘घटना हुने वित्तिकै भागिरहेको अवस्थामा २ जनालाई चक्कुसहित पक्राउ गरेका हौं । अर्का एक जना आज समातिएका छन्,’ उनले भने, ‘अनुसन्धान जारी छ । बाँकी अनुसन्धानपछि खुल्छ ।’ गाउँकै दुई युवाबीच झगडा भैरहेको बेला चोकबहादुर बीचमा परेको प्रत्यक्षदर्शीहरुको भनाई छ । ‘चोकबहादुर घटनामा थिएनन् । अरुको बीचमा उनी परेका हुन्,’ एक प्रत्यक्षदर्शीले भने ।
चक्कु लागेपछि घाइते भएका चोकबहादुरलाई उपचारका लागि गाउँलेले मनिपाल अस्पताल लगेका थिए । तर, ढिलो भैसकेकोले उनको बाटैमा मृत्यु भएको बताइएको छ । चिकित्सकले अस्पताल पुग्ने वित्तिकै मृत घोषणा गरेका हुन् । घटना मध्येराति साढे १ बजे भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २० फागुन २०७८, ०९ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एक सातापछि पनि सत्य बाहिर आएन: इनिसा विकको हत्या प्रकरणमा पीडा र प्रश्नहरू बढ्दै
ट्युसन पढ्न गएकी बालिकाको बलात्कारपछि हत्या
धनगढीमा श्रीमतीको हत्या गरी श्रीमान् फरार
जनकपुरमा २० वर्षीय युवकको बीभत्स हत्या
अमेरिकामा श्रीमती र छोरीको हत्या गर्ने नेपालीको प्रहरीको गोलीबाट मृत्यु
सर्लाहीमा गोली हानी भौतिक पूर्वाधार विकास कार्यालयका इन्जिनियरको हत्या