काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टीले आज एमसीसीबारे धारणा सार्वजनिक गर्ने भएकाे छ । एमसीसीकाे विराेधमा रहेकाे राप्रपाले केन्द्रीय समितिकाे बैठकमा छलफल गरेर धारणा सार्वजनिक गर्न लागेकाे हाे ।
राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार बुधबारकाे बैठकमा प्रस्तुत प्रतिवेदनमाथि छलफल हुनेछ । त्यसपछि एमसीसीबारे पार्टीकाे आधिकारिक धारणा पनि सार्वजनिक हुने उनले बताए ।
बैठक बिहान ८ बजे धुम्बाराहीमा सुरु भइसकेकाे छ ।बुधबार अध्यक्ष राजेन्द्र लिङ्देनले समसामयिक राजनीतिक परिस्थिति र भावी कार्यदिशा सम्बन्धि, उपाध्यक्ष हेमजंग गुरुङले सचिवालय सम्बन्धि, महामन्त्री भुवन पाठकले स्थानीय तहको निर्वाचन सम्बन्धि प्रतिवेदन पेस गरेका थिए । प्रस्तुत प्रतिवेदनमाथि बुधबारदेखि नै छलफल सुरु भएको छ । राप्रपा बैठक आज सकिँदैछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १९ फागुन २०७८, ११ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मनाङमा एमाले र राप्रपाका उम्मेदवारद्वारा उम्मेदवारी फिर्ता
कमल थापालाई टिकट दिएपछि राप्रपामा रडाको
यी हुन् राप्रपाले बुझाएको ११० समानुपातिक उम्मेदवारहरू (सूची)
भोलि बिर्तामोडमा शक्ति प्रदर्शन गर्दै राप्रपा
राप्रपा र राप्रपा नेपालबीच सहमति
‘नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ’ : राप्रपा