हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमय दर

सफल खबर संवाददाता

विहीबार, १९ फागुन २०७८, १० : ४६
हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं  । नेपाल राष्ट्र बैंकले बिहीबार लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२० रुपैयाँ ८३ पैसा र बिक्री दर १२१ रुपैयाँ ४३ पैसा कायम गरेको छ ।

युरोपियन यूरो एकको खरिद दर १३३ रुपैयाँ ९२ पैसा र बिक्री दर १३४ रुपैयाँ ५८ पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६० रुपैयाँ ८४ पैसा र बिक्री दर १६१ रुपैयाँ ६४ पैसा छ ।  स्वीस फ्रेङ्क एकको खरिद दर १३१ रुपैयाँ ६४ पैसा र बिक्री दर १३२ रुपैयाँ २९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८७  रुपैयाँ ७० पैसा र बिक्री दर ८८ रुपैयाँ  १३ पैसा  छ ।  क्यानेडियन डलर एकको खरिद दर ९५ रुपैयाँ दुई पैसा रहेको छ भने बिक्री दर ९५ रुपैयाँ ४९ पैसा छ ।

जापानी येन १० को खरिद दर नेपाली १० रुपैयाँ ४९ पैसा र बिक्री दर १० रुपैयाँ ५४ पैसा  छ भने चिनियाँ यूआन एकको खरिद दर १९ रुपैयाँ १३ पैसा र बिक्री दर १९ रुपैयाँ २३ पैसा रहेको छ राष्ट्र बैंकले जनाएको छ ।

साउदी अरबियन रियाल  एकको खरिर दर ३२ रुपैँया २१ पैसा र बिक्री दर ३२ रुपैयाँ ३७ पैसा  छ भने कतारी रियाल एकको खरिद दर ३२ रुपैयाँ २१ पैसा र बिक्री दर ३२ रुपैयाँ ३७ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ८० पैसा छ भने बिक्री दर २८ रुपैयाँ ९४ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर  १० रुपैयाँ एक पैसा र बिक्री दर १० रुपैयाँ ६ पैसा कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस