संसद् भवन अगाडि प्रेसर कुकर राखेको आरोपमा काभ्रेका सुवास महत पक्राउ

सफल खबर संवाददाता

बुधबार, १८ फागुन २०७८, १३ : ५४
संसद् भवन अगाडि प्रेसर कुकर राखेको आरोपमा काभ्रेका सुवास महत पक्राउ

काठमाडौँ । नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि ‘नो एमसीसी’ लेखिएको नक्कली प्रेसर कुकर बम राखेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

महानगरीय प्रहरी अपराध महाशाखाका एसएसपी बसन्त कुँवरका अनुसार सीसीटिभी फुटेजका आधारमा काभ्रे घर भएका सुवास महत पक्राउ परेका हुन् । उनी नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका कार्यकर्ता रहेको प्रहरीले जनाएको छ । 

संसदले एमसीसी सम्झौतालाई अनुमोदन गरेको विरोधमा विप्लव नेतृत्वको नेकपासहित ६ पार्टी र २ मोर्चाले संयुक्त रूपमा नेपाल बन्द आह्वान गरिएका बेला नयाँ बानेश्वरको मुख्य सडकमा प्रेसर कुकर बमजस्तो शंकास्पद बस्तु फेला परेका थियो । तर, सेनाको बम डिस्पोजल टोलीले उक्त  शंकास्पद बस्तु निस्क्रिय पार्दा  कुकरभित्र कागज र इँटाका टुक्रा मात्र भेटिएको थियो । 
 

प्रतिक्रिया दिनुहोस