काठमाडौँ । संसदीय चुनावमा वामपन्थी गठबन्धनसँग नराम्रो हार व्यहोरेको कांग्रेसका नेताहरूले अर्को निर्वाचनअघि सत्तामा पुग्ने कुनै सम्भावना देखेका थिएनन् । तत्कालीन नेकपा र पछि एमालेमा आएको विग्रहले कांग्रेसलाई चिठ्ठा पर्यो । मुख्यगरी एमालेबाट छुट्टिएका माधव नेपालसहितका सांसदकै कारण देउवाको सत्तारोहण सम्भव भएको थियो ।
एमसीसीलाई प्रयोग गरेर सत्ता गठबन्धन भत्काउने एमालेको रणनीति सफल हुन सकेन । गठबन्धन भत्काउन सके सभामुख अग्निप्रसाद सापकोटालाई हटाउन र एमाले छाडेर हिँडेका १४ जना सांसदलाई गरिएको कारवाही कार्यान्वयन गर्न सकिने बुझाइमा एमाले थियो ।
सत्ता गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी एमसीसीको पक्षमा नआउने र कांग्रेससँग सहकार्य गर्ने वातावरण बन्ने आशा एमाले नेतृत्वको थियो । जसरी पनि एमसीसी अनुमोदन गराउने कांग्रेसको अडानले एमाले रणनीति कार्यान्वयनमा सघाउने आशासहित प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीको बालुवाटार–बालकोट ओहोर दोहोर चलिरह्यो । गठबन्धन भत्काउन चाहने कांग्रेसभित्रका नेताहरूले पनि एमालेसँग सहकार्य गर्नुपर्ने मत व्यक्त गरिरहेका थिए।
शीर्ष तहका नेताहरू घनिभूत छलफलमा बसे । छलफलमा एमालेका नेताहरूले सभामुख हटाउने र १४ जना सांसदलाई कारवाहीको विषय प्रमुखताका साथ उठाइरहे । जुन काम फत्ते गर्नु कांग्रेस सभापति देउवाका लागि ढुङ्गा चपाउनुसरह थियो ।
समक्षकी नेताहरूमध्ये एमाले अध्यक्ष ओली रणनीतिक मुभमा अगाडि मानिन्छन् । तर, विगत एक वर्षयता भने ओली एकपछि अर्को रणनीतिमा असफल भइरहेका छन् । नेकपाभित्रको विग्रह व्यवस्थापन गर्न नसक्दा शुरू भएको ओलीको ओरालो यात्रामा ब्रेक लाग्न सकेको छैन ।
एमालेसँग संवादमा बस्दा देउवालाई नेपालको यही गुनले बाडुल्की लगाउने अवस्था थियो । अर्कातर्फ, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले देउवालाई भेटेर एमालेसँग ‘अनुचित सम्झौता’ नगर्न दबाब दिएका थिए । गठबन्धनभित्र देउवाले सबैभन्दा बढी माधव नेपालकै कुरा सुन्ने गरेका छन् ।
गठबन्धन भत्काउने ओलीको रणनीति र एमालेलाई शक्ति आउन नदिने प्रचण्ड–नेपालको दाउमा फेरि एकपटक ओलीले हारेका छन् । अहिले गठबन्धन भत्काउँदा एमाले प्रदेश सरकारमा शक्तिमा फर्कनसक्थ्यो र त्यसको फाइदा वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनबाट उठाउन सक्थ्यो । यही विश्लेषणमा एमाले नेतृत्व गठबन्धन तोड्ने अभियानमा लागेको हो ।
एमसीसीकै कारण गठबन्धन भत्काउन सकिने विश्वासमा ओली थिए । कांग्रेससँग संवाद बाक्लिँदै गएपछि ओली उत्साहित पनि सुनिन्थे । गत फागुन ७ मा भक्तपुरमा सूर्यविनायक नगर अस्पतालको उद्घाटन समारोहमा ओलीले गठबन्धनलाई पानीमुनि गएपनि नछाड्ने अभिव्यक्ति दिएका थिए । समक्षकी नेताहरूमध्ये एमाले अध्यक्ष ओली रणनीतिक मुभमा अगाडि मानिन्छन् । तर, विगत एक वर्षयता भने ओली एकपछि अर्को रणनीतिमा असफल भइरहेका छन् ।
नेकपाभित्रको विग्रह व्यवस्थापन गर्न नसक्दा शुरू भएको ओलीको ओरालो यात्रामा ब्रेक लाग्न सकेको छैन । २०७७ को पुस ५ मा संसद् विघटनको निर्णयले एमालेलाई राजनीतिक क्षति पुर्याइरहेको छ । त्यसपछि नेकपाको विभाजन, केन्द्रदेखि प्रदेशसम्मको प्रतिपक्षी यात्रा, एमालेको विभाजन, राष्ट्रिय सभा निर्वाचनको क्षति निरन्तर रह्यो ।
आगामी निर्वाचनमा पनि एमालेलाई गठबन्धनले क्षति पुर्याउने आकलनसहित ओली गठबन्धन भत्काउन चाहन्थे । यसका लागि ओली आफैँ अघि सरेका थिए । ओलीले कांग्रेस नेतृत्वसँग बालकोट र बालुवाटारमा पटक–पटक छलफल गरे । देउवा र ओलीको ‘वान अन वान’ वार्ता भयो । तर, निष्कर्ष आएन । निरन्तरको प्रयासमा पनि सफलता हात नपर्नुमा ओलीले परिचालन गरेको टीम नै मुख्य कारण रहेको एमाले नेताहरूकै विश्लेषण छ ।
ओलीले कांग्रेससँगको संवाद आफैले थालनी गरेका थिए । दोस्रो तहका नेताहरूलाई धेरै पछि मात्रै सहभागी गराएका थिए । यता राजनीतिक विश्लेषक श्याम श्रेष्ठले भने एमाले नेतृत्वको दोहोरो भूमिकाका कारण पछिल्लो रणनीति फेल भएको बताए ।
‘आफ्ना शर्त पूरा भए एमसीसीमा पूर्ण रूपमा सघाउने एमालेको तयारी थियो । तर, त्यो शर्त पूरा गर्न प्रधानमन्त्रीका लागि सजिलो थिएन । प्रधानमन्त्रीले शर्त पूरा गरिदिएनन् । त्यसैले एमाले संसद्मा होहल्ला गरेर बस्यो । महत्त्वपूर्ण विषयमा अनिर्णयको बन्दी भएर बसेको नजिता एमालेले निर्वाचनमा भोग्न सक्छ’, उनले भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १७ फागुन २०७८, २० : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निर्वाचन मूल्यांकन प्रतिवेदन पठाउन एमालेद्वारा मातहत निकायलाई निर्देशन
शान्तिपूर्ण निर्वाचन सम्पन्न गर्न सहयोग गरेको भन्दै प्रधानमन्त्री कार्कीद्वारा एमाले नेतृत्वलाई धन्यवाद
एमालेले लगायो समानुपातिक सांसदको टुंगो (सूचीसहित)
एमाले सचिवालय बैठक आज बस्दै
एमालेले समानुपातिक सांसदको नाम आइतबार पठाउने
नेकपा एमालेका महासचिव पोखरेलको चुनाव खर्च १७ लाख बढी