सभामुखले फेरि असंवैधानिक काम गरेको आरोप ओलीले लगाए

सफल खबर संवाददाता

मंगलबार, १७ फागुन २०७८, १४ : ०७
सभामुखले फेरि असंवैधानिक काम गरेको आरोप ओलीले लगाए

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदन गर्दा सभामुखले बलमिच्याईं गरेको बताए । 

संसदको एउटा अधिवेशनमा पेश भएको प्रस्ताव त्यो अधिवेशनमा अघि बढेन भने अर्को अधिवेशनमा फेरि ल्याउनुपर्ने भएपनि एमसीसीमा त्यसो नगरिएको उनले बताए ।

उनले मृत प्रस्तावलाई तथाकथित रुपमा ब्यूँताएर सभामुखले असंवैधानिक र गैर कानुनी काम गरेको भनाइ राखे।’


 

प्रतिक्रिया दिनुहोस