६ जिल्लामा कांग्रेस अधिवेशन जारी

सफल खबर संवाददाता

सोमबार, १६ फागुन २०७८, १३ : १९
६ जिल्लामा कांग्रेस अधिवेशन जारी

काठमाडौ । नेपाली कांग्रेसको जिल्ला अधिवेशन अन्तर्गत आज सोमबार ६ जिल्लामा अधिवेशन भइरहेको छ। अधिवेशन अन्तर्गत आज मतदान भइरहेको हो । 

क्रियाशील सदस्यता विवादका कारण पर्सा, महोत्तरी, सिन्धुली, सिन्धुपाल्चोक, कैलाली र मकवानपुरको अधिवेशन रोकिएको थियो ।  पार्टीले दिएको निर्देशनअनुसार सोमबार यी जिल्लामा अधिवेशन भइरहेको पार्टी केन्द्रीय कार्यालयका सूचना अधिकारी तथा प्रवक्ता केशव रिजालले जानकारी दिए । 

निर्वाचन कार्यतालिकाअनुसार आइतबार मनोनयन दर्ता, दाबी विरोध तथा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको थियो भने सोमबार मतदान भइरहेको हो । 


नेपाली कांग्रेसले क्रियाशील सदस्यता विवादका कारण १६ जिल्लाको अधिवेशन रोकेर पार्टीको १४ औं महाधिवेशन सम्पन्न गरेको हो ।    

प्रतिक्रिया दिनुहोस