अदुवापछि चियामा भारतीय अवरोध

पत्रपत्रिकाबाट

बुधबार, २६ बैशाख २०७५, ०७ : २६
अदुवापछि चियामा भारतीय अवरोध

पानीट्यांकी । केहि महिनाअघि  अदुवामा विरोध अवरोध गरेको भारतले अहिले चिया निकासीमा अत्तो थाप्न सुरु गरेको छ । भारतीय भन्सारको झन्झटिलो प्रक्रियाका कारण एक सातादेखि चिया निकासी ठप्प छ ।

चिया बोकेका एक दर्जन ट्रक पानीट्यांकी भन्सार परिसरमा थन्किएका छन् । आजको कान्तिपुरले पृष्ठ ११ मा यो समाचार छापेको छ । समाचारमा लेखिएको छ, नेपाली चियामा भारतले अवरोध गर्न खोजेको पहिल्यै हो । कबिर दुई बर्षअघि भारतका तत्कालिन राष्ट्रपति प्रणव मुखर्जीको दार्जलिङ भमणका बेला दार्जलिङ टी एसोसियसनले नेपाली चिया निकासी रोक्न माग गर्दै ज्ञापनपत्र नै बुझाएको थियो ।(भारत)

प्रतिक्रिया दिनुहोस