एजेन्सी । रुसी आक्रमणको विरुद्धमा सशक्त प्रतिकार गरेर मुख्य सहरहरूमा आफ्नो नियन्त्रण कायम राख्दै युक्रेनले रुससँग छलफल गर्दै अगाडि बढ्ने बाटो खोज्न थालेको छ ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रक्षा प्रमुखहरूलाई आणविक ‘प्रतिरोधी बल’ लाई उच्च सतर्कतामा राख्न आदेश दिएपछि युक्रेनले वार्ता र प्रतिकार सँगसँगै लैजान खोजेको हो ।
बेलारुसँगको सीमामा रहेको चेर्नोवाइल क्षेत्रमा रुससँग वार्ता गर्न युक्रेन तयार भएको छ । युक्रेनी नेता भोलोदिमिर जेलेन्स्की र बेलारुसका नेता अलेक्जेन्डर लुकाशेन्कोबीचको वार्तापछि किभ मस्कोसँग वार्ता गर्न तयार भएको हो ।
यसअघि किभले बेलारुससँग वार्ता गर्न अस्वीकार गरेको थियो । रुसले युक्रेनमा हमला गर्नुअघि रुसी सेना त्यहाँ तैनाथ थिए । त्यसअघि रुस र बेलारुसबीच बृहत सैनिक अभ्यास भएको थियो ।
रुसको फौजले गति गुमाएको र युक्रेनी सेनाको सशक्त प्रतिरोधपछि उसलाई रसद र आपूर्तिमा समस्या भइरहेको छ ह्वाइट हाउसले दावी गरेको छ । रूसी सेनाले हवाई सर्वोच्चता कायम गर्न बिफल भएको पनि अमेरिकी अधिकारीले दाबी गरेका छन् ।
युक्रेनले आफ्नो देशको पूर्वमा रहेको दोस्रो सहर खार्किभबाट रुसी सेनालाई धपाएको दाबी गरेको छ । आफ्नो सुरक्षा क्षेत्रमा प्रवेश गरेका रुसी बख्तरबंद सवारीसाधनहरूलाई आउन नदिएको युक्रेनको भनाई छ । देशले राजधानी किभ वरपरको रेखामा पकड कायमै राखेको तर शहरमा घुसपैठ गर्ने रूसी ‘तोडफोड समूह’ सँग लडिरहेको युक्रेनको भनाई छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, १६ फागुन २०७८, ०९ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
युक्रेनमा विद्युतीय सवारी साधनको बिक्री ३० प्रतिशतले वृद्धि
रुसले युक्रेनमा रासायनिक हतियारको प्रयोग तीव्र बनाएको आरोप
युक्रेनमाथि हालसम्मकै ठूलो रुसी आक्रमण
अमेरिकाद्वारा युक्रेनलाई हतियार दिन बन्द
युक्रेनमा रुसको क्षेप्यास्त्र र ड्रोन आक्रमणमा कम्तीमा ६ जनाको मृत्यु
युक्रेन-रुस वार्ता: ६ हजार युद्धबन्दी रिहा गर्ने सहमति