एक बर्षभित्र बूढीगण्डकीको टेन्डर

पत्रपत्रिकाबाट

बुधबार, २६ बैशाख २०७५, ०७ : १९
एक बर्षभित्र बूढीगण्डकीको टेन्डर

काठमाडौं । नेपालको उर्जा संकट निवारणका लागि महत्वपूर्ण मानिएको जलाशययुक्त आयोजना बूढीगण्डकी  निर्माणका लागि सरकारले एक बर्षभित्र टेन्डर गर्ने भएको छ ।

उर्जामन्त्री बर्षमान पुनले मंगलबार सार्वजनिक गरेको श्वेतपत्रमा एक बर्षभित्र बूढीगण्डकी जलविद्युत आयोजना निर्माणका लागि टेन्डर खोल्ने उल्लेख गरिएको छ । बूढीगण्डकी जलविद्युत आयोजनाको लागत २ खर्ब ७० अर्ब अनुमान गरिएको छ । आजको कान्तिपुरको अर्थ वाणिज्य पृष्ठमा यो समाचार छापिएको छ ।

प्रतिक्रिया दिनुहोस