काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन र सभामुख जोगाउनका लागि अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) को पक्षमा उभिन बाध्य भएको बताएका छन् ।
आइतबार माओवादी संसदीय दलको बैठकमा सांसदहरूलाई गठबन्धन नजोगाए प्रतिपक्ष दल नेकपा एमाले हाबी हुने र संविधान खतरामा पर्ने भन्दै बाध्य भएर एमसीसीको पक्षमा उभिनुपरेको अध्यक्ष प्रचण्डले ब्रिफिङ दिए ।
अध्यक्ष प्रचण्डले बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली सरकारमा आए माधव नेपालसहित १४ जनालाई कारबाही गर्ने र सभामुखलाई पनि पदबाट हटाउने बताए । त्यसैले गठबन्धन जोगाउनकै लागि भए पनि एमसीसीको पक्षमा उभिनुपर्ने अध्यक्ष प्रचण्डले सबैलाई आग्रह गरे ।
तर, माओवादीका आधा दर्जन नेताहरु भने एमसीसीको विपक्षमा उभिएर कुनै पनि अवस्थामा राष्ट्रघाती एमसीसी पास गर्न नहुने अडानमा छन् । माओवादी प्रवक्ता नाराणकाजी श्रेष्ठ, देव गुरुङ, कृष्णबहादुर महरालगायत नेताहरु एमसीसीको विपक्षमा छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १५ फागुन २०७८, १४ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
"राजनीतिक परिवर्तनका उद्देश्यहरू पूर्ण रूपमा हासिल हुन बाँकी छ: प्रचण्ड
श्रम अधिकारहरूको संरक्षण र कार्यान्वयनमा सरकार जिम्मेवार बनोस् : प्रचण्ड
थबाङ जिप दुर्घटना प्रति प्रचण्डद्वारा गहिरो दुःख व्यक्त, मृतकका परिवारलाई राहत दिन सरकारसँग माग
सरकारले लोकतन्त्रको खिलाफमा कदम चाल्यो, अब शीतल निवासलाई हेर्न बाँकी छ: प्रचण्ड
‘महाधिवेशनमार्फत नेतृत्व हस्तान्तरण र पुनर्गठन गर्छौँ’ : ‘प्रचण्ड’
‘विभेद रहँदासम्म कम्युनिष्ट पार्टीको औचित्य रहिरहनेछ’- ‘प्रचण्ड’