काठमाडौ । भारतीय प्रहरीले मुम्बइको एउटा सैलुनबाट एक ३० वर्षीय युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मुम्बइको प्रिया रेसिडेन्सी खारघरका मणी धनु अधिकारी रहेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । उनी मुम्बईमा बसोबास गर्दै आएको मुम्बई प्रहरीले जनाएको छ ।
मुम्बई प्रहरीको अपराध शाखाले अधिकारी पक्राउ परेको सैलुनबाट तीन महिलाको उद्धार गरेको जनाएको छ । पक्राउ परेका व्यक्तिमाथि युनिसेक्स सैलुनभित्र देह व्यापारगरेको आरोप लागेको छ । सैलुनका मालिकसहित अन्य तीन आरोपितको खोजी भइरहेको प्रहरीले जनाएको छ । सो सैलुनभित्र देह व्यापार चलिरहेको प्रहरीले आशंका गरेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १५ फागुन २०७८, १२ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेका नेता कोइरी पक्राउ
कार्गोमार्फत अमेरिका गहना तस्करीको प्रयास, दुई जना पक्राउ
ठमेलमा अश्लील क्रियाकलापमा संलग्न पाँच विदेशी महिला पक्राउ
१५ वर्ष कैद सजाय तोकिएका फरार कैदी कपिलवस्तुबाट पक्राउ
कैलालीमा ३ किलो चरेससहित ३ जना पक्राउ
नागढुंगा चेकपोस्टमा ७५ ग्राम खैरो हिरोइनसहित दुई भारतीय नागरिक पक्राउ