काठमाडौ । भारतीय प्रहरीले मुम्बइको एउटा सैलुनबाट एक ३० वर्षीय युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मुम्बइको प्रिया रेसिडेन्सी खारघरका मणी धनु अधिकारी रहेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । उनी मुम्बईमा बसोबास गर्दै आएको मुम्बई प्रहरीले जनाएको छ ।
मुम्बई प्रहरीको अपराध शाखाले अधिकारी पक्राउ परेको सैलुनबाट तीन महिलाको उद्धार गरेको जनाएको छ । पक्राउ परेका व्यक्तिमाथि युनिसेक्स सैलुनभित्र देह व्यापारगरेको आरोप लागेको छ । सैलुनका मालिकसहित अन्य तीन आरोपितको खोजी भइरहेको प्रहरीले जनाएको छ । सो सैलुनभित्र देह व्यापार चलिरहेको प्रहरीले आशंका गरेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १५ फागुन २०७८, १२ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
खैरो हेरोइन र नगदसहित युवक पक्राउ
बनेपा हिरासतबाट फरार पाँच प्रतिवादी पक्राउ
प्रहरी कार्यालयमा आगजनी गर्ने झापाबाट १० जना पक्राउ
बसको ठक्करबाट युवकको मृत्यु, चालक पक्राउ
नेपाल ट्रस्टका पूर्व सचिव लेखबहादुर कार्की पक्राउ
वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ