प्याेङयाङ । उत्तर कोरियाले फेरि मिसाइल परीक्षण गरेको छ। दक्षिण कोरियाली समाचार एजेन्सी याेनहापका अनुसार उत्तर काेरियाले आइतबार बिहान मिसाइल परीक्षण गरेकाे हाे । जापानको क्योडो न्युजले पनि उत्तर कोरियाले क्षेप्यास्त्र प्रहार गरेको उल्लेख गरेको छ।
क्योडोको रिपोर्टमा भनिएको छ, ‘यो मिसाइल जापानको सागरतर्फ प्रक्षेपण गरिएको छ। यो ब्यालिस्टिक मिसाइल हुन सक्छ। यो जापानको बाहिरी विशेष आर्थिक क्षेत्रमा देखिएको थियो।’ जापानले आफ्ना जहाजहरूलाई पनि सतर्क रहन निर्देशन दिएकाे छ ।
जनवरीमा उत्तर कोरियाले आफ्नो सबैभन्दा शक्तिशाली मिसाइल परीक्षण गरेको थियो। -एजेन्सी
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, १५ फागुन २०७८, ११ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
उत्तर कोरियाविरुद्ध सैन्य गठबन्धन नगर्न रूसको चेतावनी
उत्तर कोरियाले क्षेप्यास्त्र प्रक्षेपण गरेको दक्षिणको दावी
उत्तर कोरियाले थप तीन हजार सैनिक रूस पठाउने
उत्तर कोरियाका ह्याकरहरूले चोरे १ अर्ब ३० करोड डलरको क्रिप्टो
उत्तर कोरियाले बनायो आत्मघाती ड्रोन, कीमले गरे अनुगमन
अन्तर्राष्ट्रिय पर्यटकका लागि सीमा खुलाउँदै उत्तर कोरिया