काठमाडौं । एक किलो बढी सुनसहित दुबईबाट आएका एक नेपाली पक्राउ परेका छन् ।
फागुन १३ गते फ्लाई दुवईको उडानमा दुवईबाट नेपाल आगमन भएका सुनसरीका ३४ वर्षीय कमल घिमिरेलाई प्रहरीले पक्राउ गरेको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटमा चेकजाँच गर्दा उनको साथबाट ११६५ ग्राम सुन (अन्दाजी अन्ठानब्बे लाख सतासी हजार नौ सय सड्तिस रुपैयाँ बराबर) बरामद भएको हो ।
उनलाई बरामद सुनसहित थप अनुसन्धान एवं आवश्यक कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचर बुझाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १५ फागुन २०७८, ०७ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बढ्यो सुनको मूल्य, कतिमा हुदैछ कारोबार ?
सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
बजारमा सुनको कृत्रिम अभाव
२४ सयले बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्य तोलामा ४२०० रुपैयाँ घट्यो, कतिमा हुदैछ कारोबार ?
सुनको मूल्य हालसम्मकै उच्च, कति पुग्यो तोलाको ?