काठमाडौं । एक किलो बढी सुनसहित दुबईबाट आएका एक नेपाली पक्राउ परेका छन् ।
फागुन १३ गते फ्लाई दुवईको उडानमा दुवईबाट नेपाल आगमन भएका सुनसरीका ३४ वर्षीय कमल घिमिरेलाई प्रहरीले पक्राउ गरेको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटमा चेकजाँच गर्दा उनको साथबाट ११६५ ग्राम सुन (अन्दाजी अन्ठानब्बे लाख सतासी हजार नौ सय सड्तिस रुपैयाँ बराबर) बरामद भएको हो ।
उनलाई बरामद सुनसहित थप अनुसन्धान एवं आवश्यक कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचर बुझाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १५ फागुन २०७८, ०७ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनको मूल्य तोलामा ६ हजार २०० रुपैयाँले बढयो, कतिमा हुदैछ खरिदबिक्री ?
सुनको मूल्य प्रतितोला ४ हजार ५०० रुपैयाँ घट्यो, कतिमा हुदैछ कारोबार ?
सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?
सुनको मूल्य एकैदिन २० हजार ५ सयले बढ्यो, कतिमा हुँदैछ खरिदबिक्री ?
पूर्व अमेरिकी सरकारी अधिकारीको घरमा ४ करोड डलरको सुन भेटिएपछि...
सुनको भाउ आज थप घट्यो, चाँदी महँगियो, कतिमा हुदैछ कारोबार ?