७१ अंकले घट्यो नेप्से, बजार पूँजीकरण पनि घट्यो

सफल खबर संवाददाता

शनिबार, १४ फागुन २०७८, १३ : ५८
७१ अंकले घट्यो नेप्से, बजार पूँजीकरण पनि घट्यो

काठमाडौँ ।  यो सातामा नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० ७१ अंकले घटेको छ । आइतबार २७३२ विन्दुबाट सुरू भएको नेप्से कारोबार बिहीबारसम्ममा ७१ अंकले घटेर २६६१ अंकमा आइपुगेको हो । नेप्से परिसूचकसँगै यो साता सेयर कारोबार रकम र सेयर खरिदबिक्री दर पनि खुम्चिएको छ ।
यो साता नेप्सेमा १७ अर्ब ७० करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । गत सातामा नेप्सेमा १८ अर्ब १५ करोड रुपैयाँको सेयर कारोबार भएको थियो । जुन, यो साताको भन्दा ४५ करोडले बढी हो । सेयर बजारमा लगातार आएको गिरावटसँगै नेप्सेको पूँजीकरण पनि घटेको छ ।
गत साता ३८ खर्ब ७० अर्ब रुपैयाँ रहेको पूँजीकरण १ खर्बले घट्दै ३७ खर्ब ६९ अर्ब रुपैयाँमा आइपुगेको छ । सातामा कारोबार भएका १३ मध्ये १२ समूहको सूचक घटेको छ ।

प्रतिक्रिया दिनुहोस