काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकी सहयोग परियोजना ‘एमसीसीको समस्या पनि समाधान होस् र गठबन्धन पनि नटुटोस् भनेर विकल्प खोजिरहेको बताएका छन् ।
राजधानीमा ‘जनयुद्धका प्रथम शहीद दिलबहादुर रम्तेलको स्मृति’मा शनिबार आयोजित कार्यक्रममा उनले सत्ता गठबन्धन जोगाउन अन्तिम कसरत गरिरहेको बताएका छन् । ‘गठबन्धन सजिलै नटुटोस् भनेर हामी लागिराखेका छौं,’ उनले भने, ‘एमसीसीको समस्या पनि समाधान होस्, गठबन्धन पनि नटुटोस् भनेर छलफल भइराखेको छ । विकल्प खोजिरहेका छौं ।’
प्रचण्डले अहिले पनि रक्तपातविहीन युद्धमा भइरहेको बताए । उनले भने, ‘अहिले हामी रक्तपातहीन युद्धमा छौं, युद्ध रोकिएको छैन ।’ संविधानको रक्षा, गणतन्त्रको रक्षा, संघीयताको रक्षा अथवा हाम्रा अधिकारको रक्षा कहिंकतै दुर्घटना हुन नपाओस् भन्दै उनले भने, ‘प्राप्त उपलब्धिहरु गुम्न नदिने र थप उपलब्धिका निम्ति थप एकताबद्ध भएर अगाडि बढ्ने हामी सबैले यही संकल्प लिएर अगाडि बढ्नुपर्छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १४ फागुन २०७८, ११ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रचण्डलाई विप्लवको जवाफ–चुनावी सहकार्य गर्न तयार नहुने पार्टी एकताको चर्चा गर्ने ?
‘विप्लव’ नेतृत्वको नेकपा माओवादीलाई एकता प्रक्रियामा आउन ‘प्रचण्ड’ आग्रह
हरिबोलसहित नेतृत्वको तत्काल आकस्मिक बैठक बोलाउन प्रचण्डसँग माग
लेखनाथ न्यौपानेको जित सुनिश्चित भएको ‘प्रचण्ड’को दाबी
चुनावमा पैसाको चलखेल रोक्न सके नेकपा पहिलो पार्टी बन्छ: प्रचण्ड
रुकुमपूर्वबाट राजनीतिक सन्देश दिने ‘प्रचण्डको घोषणा