काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकी सहयोग परियोजना ‘एमसीसीको समस्या पनि समाधान होस् र गठबन्धन पनि नटुटोस् भनेर विकल्प खोजिरहेको बताएका छन् ।
राजधानीमा ‘जनयुद्धका प्रथम शहीद दिलबहादुर रम्तेलको स्मृति’मा शनिबार आयोजित कार्यक्रममा उनले सत्ता गठबन्धन जोगाउन अन्तिम कसरत गरिरहेको बताएका छन् । ‘गठबन्धन सजिलै नटुटोस् भनेर हामी लागिराखेका छौं,’ उनले भने, ‘एमसीसीको समस्या पनि समाधान होस्, गठबन्धन पनि नटुटोस् भनेर छलफल भइराखेको छ । विकल्प खोजिरहेका छौं ।’
प्रचण्डले अहिले पनि रक्तपातविहीन युद्धमा भइरहेको बताए । उनले भने, ‘अहिले हामी रक्तपातहीन युद्धमा छौं, युद्ध रोकिएको छैन ।’ संविधानको रक्षा, गणतन्त्रको रक्षा, संघीयताको रक्षा अथवा हाम्रा अधिकारको रक्षा कहिंकतै दुर्घटना हुन नपाओस् भन्दै उनले भने, ‘प्राप्त उपलब्धिहरु गुम्न नदिने र थप उपलब्धिका निम्ति थप एकताबद्ध भएर अगाडि बढ्ने हामी सबैले यही संकल्प लिएर अगाडि बढ्नुपर्छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १४ फागुन २०७८, ११ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मुलुकले सुगौली सन्धि यता यति ठूलो चुनौती सामना गर्नुपरेको थिएन: प्रचण्ड
राष्ट्रिय धान दिवस: कृषि नीति किसानमुखी बनाउन प्रचण्डको जोड
कम्युनिष्टबिच सहकार्य गर्न ढिला गरे दुर्भाग्य हुन्छ : प्रचण्ड
आज एउटै मञ्चबाट सम्बोधन गर्दै ओली-प्रचण्ड
एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ: प्रचण्ड
‘प्रचण्ड’को स्वास्थ्यमा क्रमिक सुधार