काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्काले कोरोना महामारी विश्वव्यापी साझा समस्या भएको जनाउँदै खोपलाई सबैको पहुँचमा र सस्तो बनाउन विश्व समुदायलाई आव्हान गरेका छन् ।
विश्वव्यापी खोपको लागि ग्याल्भेनाइजिंग मोमेन्टमको उच्च–स्तरीय कार्यक्रमलाई भर्चुअल सम्बोधन गर्दै उनले महामारीको रोकथामका लागि विश्वव्यापी खोप नै भरपर्दो आधार भएको बताए । खोपलाई सबैको पहुँचमा पुर्याउन यसको प्रवद्र्धनमा ध्यान दिनुपर्ने उनले जनाए ।
परराष्ट्रमन्त्री खड्काले विशेष गरी गरिब देशहरूमा कोरोना महामारीले ठूलो आर्थिक क्षति गरेकोतर्फ ध्यानाकर्षण गरेका थिए । गरिव देशहरुको आर्थिक उन्नतीको लागि धनी देशहरुले सघाउनु पर्नेमा उनले जोड दिएका थिए ।
‘हामीले यसै वर्षको अप्रिलसम्म १२ वर्षभन्दा माथिका सबै नागरिकलाई खोप लगाउने लक्ष्य राखेका छौँ,’ उनले नेपालको खोप अभियानका बारेमा जानकारी दिए । कार्यक्रममा उनले नेपाललाई खोप उपलब्ध गराउने छिमेकी र अन्य मित्र राष्ट्रहरू, विकास साझेदारहरूप्रति आभार प्रकट गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १४ फागुन २०७८, १० : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
परराष्ट्रमन्त्री खनाल र चिनियाँ समकक्षी वाङबीच वार्ता: नेपाली भूमि चीनविरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
भारतबाट फर्केको एक सातामै किन चीन जाँदैछन् परराष्ट्रमन्त्री ?
परराष्ट्र मन्त्री शिशिर खनाल नयाँ दिल्लीमा
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
रवि लामिछाने फर्किएलगत्तै परराष्ट्रमन्त्री खनालको भारत भ्रमण