काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका छन । एमसीसी विवादले सत्ता गठबन्धन धरापमा परेका बेला प्रचण्ड प्रधानमन्त्री भेट्न भर्खरै बालुवाटार पुगेका हुन ।
बालुवाटार जानुअघि सिंहदरबारमा प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको थियो । नेपालसँगको कुराकानी सकेर उनी त्यतैबाट बालुवाटार निस्किएका हुन ।
आज बिहान माओवादी केन्द्रको पूर्वस्थायी कमिटी सदस्यहरुको बैठकले गठबन्धन जोगाउन अन्तिम प्रयत्न गर्ने निर्णय गरेपछि नेताहरुको दौडधुप बढेको हो । एमसीसी अनुमोदनमा समर्थन जुटाउन हिजो प्रधानमन्त्री देउवाले एमाले नेताहरुसँग तारन्तार भेटघाट गरेपछि सत्ता गठबन्धन अप्ठेरोमा परेको थियो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १३ फागुन २०७८, १६ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सम्पत्ति शुद्धीकरण अनुसन्धानबारे देउवाको स्पष्टीकरण, ‘भ्रामक प्रचारबाट भ्रमित नहुनु'
प्रधानमन्त्री शाहलाई देउवाले दिए बधाई
देउवा सिंगापुरबाट हङकङ प्रस्थान
वार्ता सकेर देउवा भेट्न संस्थापन पक्षका नेता महाराजगञ्जमा
‘पार्टी फुटाउने प्रयास गरेका छन् तर फुट्दैन’ : देउवा
विशेष महाधिवेशनको निम्तो देउवाको सचिवालयले गर्यो अस्वीकार