काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका छन । एमसीसी विवादले सत्ता गठबन्धन धरापमा परेका बेला प्रचण्ड प्रधानमन्त्री भेट्न भर्खरै बालुवाटार पुगेका हुन ।
बालुवाटार जानुअघि सिंहदरबारमा प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको थियो । नेपालसँगको कुराकानी सकेर उनी त्यतैबाट बालुवाटार निस्किएका हुन ।
आज बिहान माओवादी केन्द्रको पूर्वस्थायी कमिटी सदस्यहरुको बैठकले गठबन्धन जोगाउन अन्तिम प्रयत्न गर्ने निर्णय गरेपछि नेताहरुको दौडधुप बढेको हो । एमसीसी अनुमोदनमा समर्थन जुटाउन हिजो प्रधानमन्त्री देउवाले एमाले नेताहरुसँग तारन्तार भेटघाट गरेपछि सत्ता गठबन्धन अप्ठेरोमा परेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १३ फागुन २०७८, १६ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वार्ता सकेर देउवा भेट्न संस्थापन पक्षका नेता महाराजगञ्जमा
‘पार्टी फुटाउने प्रयास गरेका छन् तर फुट्दैन’ : देउवा
विशेष महाधिवेशनको निम्तो देउवाको सचिवालयले गर्यो अस्वीकार
देउवाले आफू निकट शीर्ष नेताको बैठक बोलाए
पार्टी विभाजन नहोस् भन्ने चाहेको छु: देउवा
विशेष महाधिवेशन हुँदैन, नियमित गर्ने हो भने मिलेर गर्दा हुन्छ’ : देउवा