काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले विभिन्न विभागको प्रमुख मनोनित गरेको छ । अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको विधानबमोजिम बिहीबार सातवटा विभागको प्रमुख मनोनित गरेका हुन् । जसअन्तर्गत संयोजित संगठन समन्वय विभाग प्रमुखमा महामन्त्री राजेन्द्र गुरुङ मनोनित भएका छन् ।
प्रचार विभाग प्रमुखमा प्रवक्ता मोहन श्रेष्ठ, सम्पर्क समाज समन्वय विभाग प्रमुखमा प्रवक्ता गोपाल दाहाल, सुशासन विभाग प्रमुखमा प्रवक्ता ज्ञानेन्द्र शाही मनोनित भएका छन् ।
अध्यक्ष श्रेष्ठले प्रवास विभाग प्रमुखमा केन्द्रीय सदस्य आनन्द अधिकारी, वाणिज्य क्षेत्र समन्वय विभाग प्रमुखमा लक्ष्मी संग्रौला र खेलकुद विभाग प्रमुखमा दमन बस्नेतलाई मनोनयन गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १२ फागुन २०७८, २० : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मनाङमा एमाले र राप्रपाका उम्मेदवारद्वारा उम्मेदवारी फिर्ता
कमल थापालाई टिकट दिएपछि राप्रपामा रडाको
यी हुन् राप्रपाले बुझाएको ११० समानुपातिक उम्मेदवारहरू (सूची)
भोलि बिर्तामोडमा शक्ति प्रदर्शन गर्दै राप्रपा
राप्रपा र राप्रपा नेपालबीच सहमति
‘नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ’ : राप्रपा