काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले विभिन्न विभागको प्रमुख मनोनित गरेको छ । अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको विधानबमोजिम बिहीबार सातवटा विभागको प्रमुख मनोनित गरेका हुन् । जसअन्तर्गत संयोजित संगठन समन्वय विभाग प्रमुखमा महामन्त्री राजेन्द्र गुरुङ मनोनित भएका छन् ।
प्रचार विभाग प्रमुखमा प्रवक्ता मोहन श्रेष्ठ, सम्पर्क समाज समन्वय विभाग प्रमुखमा प्रवक्ता गोपाल दाहाल, सुशासन विभाग प्रमुखमा प्रवक्ता ज्ञानेन्द्र शाही मनोनित भएका छन् ।
अध्यक्ष श्रेष्ठले प्रवास विभाग प्रमुखमा केन्द्रीय सदस्य आनन्द अधिकारी, वाणिज्य क्षेत्र समन्वय विभाग प्रमुखमा लक्ष्मी संग्रौला र खेलकुद विभाग प्रमुखमा दमन बस्नेतलाई मनोनयन गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १२ फागुन २०७८, २० : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राप्रपाको केन्द्रीय महाधिवेशन मंसिरमा हुने
राप्रपा काठमाडौंका अध्यक्षसहित १०७ जनाले दिए सामूहिक राजीनामा
आजदेखि राप्रपाको केन्द्रीय समिति बैठक बस्दै
राप्रपा अध्यक्ष लिङ्देनलाई दिलविकास राजभण्डारीको खुला पत्र, केन्द्रीय कार्यालय खाली गर्न माग
सदन अवरोध अन्त्यबारे राप्रपा प्रमुख सचेतकको दुई विकल्पसहितको टिप्पणी
प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउन राप्रपाको माग