काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका छन् । एमसीसी सम्झौता संसद्बाट पारित गर्ने विषयमा सत्ता गठबन्धनको विवाद फुट नजिक पुगेसँगै भट्टराई बालुवाटार पुगेका हुन् ।
भट्टराई जसपाभित्र एमसीसी संसदबाट अनुमोदन गर्नुपर्ने पक्षमा छन् । भट्टराईले कृषिमन्त्री महिन्द्र राय यादव र नेता इस्यिाक राईलाई बोकेर बालुवाटार पुगेका हुन् । जसपाभित्र चर्काे अन्तरविरोध चर्केका बेला भट्टराई कृषिमन्त्री महिन्द्र राय यादव र जसपा नेता इस्यिाक राईलाई साथ लिएर प्रधानमन्त्रीसँगको बार्ताका लागि बालुवाटारमा पुगेका हुन् ।
जसपाको केन्द्रीय कार्याकारिणी समितिको बैठक भोलिका लागि बोलाईएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १२ फागुन २०७८, १८ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गौरापर्वले नारी शक्ति, समर्पण र संस्कृतिप्रतिको आस्थालाई उजागर गर्छः सभापति देउवा
‘लखन थापा मगरलाई प्रथम शहीद घोषणा काँग्रेसले नै गरेको हो’ : देउवा
भ्रातृ संस्थाका महाधिवेशन निर्देशन समिति पदाधिकारीसँग बुढानीलकण्ठमा छलफल
पर्वहरू पहिचानसँगै सामाजिक एकता र संस्कृतिका प्रतीक हुन् : सभापति देउवा
पर्वहरूको मौलिकता जोगाउनु हाम्रो सामूहिक दायित्व : देउवा
लगानीकर्तालाई ढुक्कसँग लगानी गर्ने वातावरण बनाउनुपर्छ : सभापति देउवा