काठमाडौं । हृदयेश त्रिपाठी समूह अमेरिकी सहयोग परियोजना एमसीसीको पक्षमा उभिएको छ । एमसीसीमाथिको छलफलमा भाग लिएर त्रिपाठी समूहले पक्षमा मतदान गर्ने भएको छ ।
त्रिपाठीको अध्यक्षतामा जनप्रगतिशील पार्टी निर्वाचन आयोगमा दर्ता छ । सो पार्टीसँग अहिले दुई सांसद छन् ।‘बाबुराम भट्टराई प्रधानमन्त्री र वर्षमान पुन अर्थमन्त्री हुँदा एमसीसी माग गरेका हौं । त्यो सरकारमा म पनि सहभागी थिएँ,’ त्रिपाठीले भने, ‘एमसीसी अनुमोदनका लागि संसदमा दर्ता गर्दा केपी ओली सरकारमा म पनि थिएँ । मैले नैतिकहीन हुने काम गर्नु हुन्न । हाम्रो पार्टी एमसीसीको पक्षमा छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १२ फागुन २०७८, १२ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कात्तिक महिनाभित्र कांग्रेस–एमालेको सरकार बन्छ : हृदयेश त्रिपाठी
राजनीतिमा धनको हावी भए युवाको भविष्य समाप्त हुन्छः हृदयेश त्रिपाठी
हृदयेश त्रिपाठीलाई एमालेको समर्थन