‘गृह मन्त्रालयको लाचारीले समाजमा अपराधीकरण बढ्ने निश्चित’ : हृदयेश त्रिपाठी

सफल खबर संवाददाता

सोमबार, १३ असोज २०८२, १४ : २३
‘गृह मन्त्रालयको लाचारीले समाजमा अपराधीकरण बढ्ने निश्चित’ : हृदयेश त्रिपाठी

काठमाडौँ । मधेशवादी नेता तथा पूर्वमन्त्री हृदयेश त्रिपाठीले गृह मन्त्रालयको पछिल्लो विज्ञप्तिले समाजमा अपराधीकरण बढ्ने निश्चित रहेको बताएका छन् । उनले गृहमन्त्री लाचार बनेकोमा आपत्ति जनाएका छन् ।

जनता प्रगतिशील पार्टीका अध्यक्ष समेत रहेका त्रिपाठीले उद्योग, निजी घर, सरकारी भवन र सार्वजनिक सम्पत्ति लुटपाट आगजनी गर्ने आपराधिक समूहले उन्मुक्ति पाएमा समाजमा अपराधीकरण बढ्ने बताएका हुन् ।

उनले १२ सय हतियार र एक लाखभन्दा बढी गोली प्रहरीबाट लुटिएको तथा हजारौँ कैदी फरार भएकोबारे गृह मन्त्रालयको धारणा र प्रयास के छ भनी सामाजिक सञ्जालबाट प्रश्न समेत गरेका छन् ।

हालै गृह मन्त्रालयले भदौ २३ र २४ मा भएका घटनालाई लिएर जाँचबुझ आयोगको प्रतिवेदनअघि कुनै धरपकड र कारबाही नहुने भनेपछि सर्वत्र विरोध भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस