काठमाडौं । साताको तेस्रो दिन मंगलबार पनि सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । नेप्से परिसूचक १७ दशमलव ४२ अंकले बढेर २ हजार ७ सय ३५ दशमलव ९३ अंकमा पुगेको छ ।
यस अघि सोमबार पनि नेप्से परिसूचक दोहोरो अंकले नै उकालो लागेको थियो । उता क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ४.३६ अंकले बढेको छ ।
नेप्से परिसूचकसँगै कारोबार रकम सोमबारको तुलनमा मंगलबार वृद्धि भएको छ । सोमबार ३ अर्ब पनि नपुगेको सेयर करोाबार रकम मंगलबार ३ अर्ब २१ करोड नाघेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १० फागुन २०७८, १५ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेप्से परिसूचकमा ४४ अंकको वृद्धि
घट्यो सेयर बजार, सबै सूचक ओर्लिए
नेप्से परिसूचक ८ अंकले घट्यो
सेयर बजारमा स्थिरता, कारोबार रकममा कमी
घट्यो सेयर बजार, बढ्यो कारोबार
सेयर बजारमा कारोबार ६ अर्ब नाघ्यो