गायिका समीक्षा अधिकारीले नायक पल शाहबाट यसरी पिडित भएको गरिन् खुलासा...

सफल खबर संवाददाता

मंगलबार, १० फागुन २०७८, ०९ : ०७
गायिका समीक्षा अधिकारीले नायक पल शाहबाट यसरी पिडित भएको गरिन् खुलासा...

काठमाडौं । नायक पल शाह र नवगायिका समीक्षा अधिकारी बिच प्रेम, रोमान्स जोडिएको खबर केही महिना यता हल्लाको रुपमा सार्वजनिक हुदैं आएको थियो । तर त्यसको आधिकारिकता कतैबाट पुष्टि नहुदा यो हल्ला (गसिप) मात्र हो कि भन्ने धेरैले अड्कल काटेका थिए । तर अहिले गायिका अधिकारीले पल शाहसंगको सम्बन्धबारे केही कुरा सार्वजनिक गरेपछि यो खबरले राम्रै बजार पाएको छ ।

उनले आफूलाई अभिनेता शाहले पीडित बनाएको बताएकी छन् । पलले आफूलाई सुरुमा फकाएर माया देखाएको र अहिले छाड्न खोजेको उनको आरोप छ । ‘पहिले माया गर्छु भन्दै पछि लागेर आफ्नो हेरचाह गर्दै मायामा फसाए’ गायिका अधिकारीले भनिन्, ‘अहिले भने मसँग टाढा हुन खोजिरहेका छन् ।’

टिसिने नेपालले सार्वजनिक गरेको एक अडियो अन्तर्वार्तामा समीक्षाले पलसँगको सुरुदेखि अहिलेसम्मको विविध कुरा खोलेकी छन् । जसमा उनले पलसँगको पहिलो भेटदेखि पछिल्लो समयको बिभिन्न परिस्थितीका बारे सबै कुरा सहज रुपमा राखेकी छन् ।

पहिलो पटक पोखरामा म्युजिक भिडियो सुटिङमा आफूलाई निर्माण युनिटले लैजानु समेत पलकै प्लानिङ भएको पछि थाहा पाएको बताएकी समीक्षाले त्यसपछिका घटनाक्रम समेत सविस्तार राखेकी छन् । अडियोमा समीक्षाले आफ्नो पछिल्लो सम्बन्ध बाहिर ल्याउने स्टाटसदेखि मिडियामा गसिपको रुपमा आएको मोडल कविता रायसम्मको झगडाको बिषयमा समेत कुराकानी गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस