प्रदेश १ को नामकरणबारे  छलफल गर्न आज सर्वदलीय बैठक

सफल खबर संवाददाता

मंगलबार, १० फागुन २०७८, ०७ : ५१
प्रदेश १ को नामकरणबारे  छलफल गर्न  आज सर्वदलीय बैठक

काठमाडौं । प्रदेश १ मा आज प्रदेशको नामकरणबारे  छलफल गर्न सर्वदलीय बैठक आह्वान गरिएको छ । प्रदेश संसद गठन भएको ४ वर्ष वितिसक्दा पनि नामाकरणको टुंगो लाग्न सकेको छैन । प्रदेश १ सरकारको तर्फबाट आज सर्वदलीय बैठक आह्वान भएको हो ।

विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा दिउँसो १२ बजेपछि हुने छलफलमा प्रदेशका ५ पार्टीका नेताहरुको सहभागीता रहनेछ । 

प्रदेश १ को नाम बहुपहिचान, भूगोल वा पहिचानका आधारमा राख्ने भन्ने विषयमा दलहरुबीच सहमति हुने सम्भावना कमजोर छ । यद्यपि आजको बैठकबाट छलफलको औपचारिक सुरुवात हुने प्रदेश १ सरकारका स्वास्थ्यमन्त्री जयराम यादवले बताए ।

प्रतिक्रिया दिनुहोस