कांग्रेस महोत्तरीको क्षेत्रीय अधिवेशन सकियो, दिउँसाेसम्म मतपरिणाम आउने

सफल खबर संवाददाता

सोमबार, ०९ फागुन २०७८, ११ : २२
कांग्रेस महोत्तरीको क्षेत्रीय अधिवेशन सकियो, दिउँसाेसम्म मतपरिणाम आउने

महोत्तरी। नेपाली कांग्रेस महोत्तरीको क्षेत्रीय अधिवेशन आइतबार समपन्न भएको छ । लामो समयदेखि निर्वाचनस्थलको विवादले स्थगित हुँदै आएको क्षेत्र-३ को अधिवेशन पिपरा गाउँपालिकामा गर्ने सहमति भएपछि आइतबार निर्वाचन भएको हो ।

कहिले मतदान अधिकृतको अपहरण त कहिले नेताहरूबीचमै देखिएको मतविभाजनले अन्य क्षेत्रमा अधिवशन हुँदा पनि क्षेत्र नम्बर ३ को भने विवादित बन्दै आएको थियो ।जिल्लाको मनरासिस्वा वडा न.८ र बल्वा नगरपालिकामा पनि अधिवेशन समपन्न भएको छ ।

योसँगै जिल्ला अधिवेशनका लागि आकांक्षीहरूको सहभागी हुन पाउने बाटो खुल्ला भएको छ । अहिले पिपरामा मतगणना भइरहेको छ । दिउँसो १ बजेसम्म सम्पूर्ण नतिजा आइसक्ने जिल्लाका निर्वाचन अधिकृत इन्द्र अधिकारीले जानकारी दिए ।

सभापतिमा रागवेन्द्र झा र लवराजा सिंहबीच कडा प्रतिस्पर्धा भइरहेको छ । उक्त पदमा दुईजनाको मात्र उम्मेदवारी परेको थियो । विभिन्न वडा र पालिकाबा मतदान गर्न पाउने अधिकार प्राप्त गरेका जम्मा पाँच सय ३४ जनाले मतदान गरेको जिल्ला सभापति महेन्द्र राय यादवले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस