एमसीसी जबर्जस्ती संसदमा पेस भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण : पूर्वसभामुख महरा

सफल खबर संवाददाता

आइतबार, ०८ फागुन २०७८, २० : २७
एमसीसी जबर्जस्ती संसदमा पेस भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण : पूर्वसभामुख महरा

काठमाडौँ । प्रतिनिधिसभामा एमसीसी प्रस्ताव टेबल भएपछि पूर्वसभामुख कृष्ण बहादुर महराले आफ्नो धारणा सार्वजनिक गरेको छ । 

देशको स्वाधीनता र राष्ट्रियतामा नै प्रश्न उठ्न सक्ने विषयमा दलहरुबीच राष्ट्रिय सहमति नगरिकन र सत्तारुढ दलभित्रै एकरुपता नहुँदा नहुँदै जबर्जस्ती प्रतिनिधि सभामा पेस भएको घटनाप्रति गम्भीर आपत्ति रहेको उनले विज्ञप्तिमार्फत जनाएका छन् । 

एमसीसी सम्झौता संसदमा पेस गर्नुहुन्न भन्दै सडकमा उत्रिएका विभिन्न दलसम्बद्ध नेता, कार्यकर्ता, स्वतन्त्र रुपमा आन्दोलनमा सहभागी नागरिकहरुमाथि भएको प्रहरी दमन एवं धरपकडको घोर भत्सर्ना एवं निन्दा पनि महराले गरेका छन् । 

 महराले एमसीसी सम्झौता पेस भएको घटनाप्रति माओवादी केन्द्रको पनि गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । 

सत्तारुढ गठबन्धनमा पार्टीको तर्फबाट स्पष्ट रुपमा संसदमा पेस नगर्न आग्रह गर्दा पनि सरकारले जबर्जस्ती एमसीसी सम्झौता अघि बढाउन खोजेपछि प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिमा संसदीय दलको तर्फबाट समेत लिखित असहमति जाहेर गरिएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस