मुआब्जामै अल्झियो अन्तर्राष्ट्रिय क्रिकेट मैदान

पत्रपत्रिकाबाट

मंगलबार, २५ बैशाख २०७५, ०८ : २६
मुआब्जामै अल्झियो अन्तर्राष्ट्रिय क्रिकेट मैदान

काठमाडौं । दुई वर्षभित्र सक्ने लक्ष्यसहित १९ माघ ०७१ मा निर्माण सुरु गरिएको मूलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदान चार वर्ष बित्दासमेत सञ्चालनमा आउन सकेको छैन ।

२ सय ९४ रोपनी सरकारी जग्गामा भइरहेको निर्माणको अधिकांश काम सकिए पनि पूर्व-पश्चिम क्षेत्रको ४६ आना ३ पैसा निजी जग्गाको मुआब्जा विवाद नसल्टिँदा आयोजना लम्बिएको हो ।

जग्गा मुआब्जा विवाद रहेको पूर्व-पश्चिम क्षेत्रमा प्याराफिट निर्माण गर्ने योजना छ ।

उत्तरतर्फको प्याराफिट भने निर्माण सकिएको छ ।  आजको नयाँ पत्रिकामा समाचार छ ।

निर्माण पूरा भए १२ हजार दर्शक क्षमताको मूलपानी मैदान अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि अनुकूल हुनेछ ।

प्रतिक्रिया दिनुहोस