काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता अनुमोदन प्रस्ताव आइतबार बस्ने प्रतिनिधिसभा बैठकमा पेस गरिने भएको छ । संघीय संसद सचिवालयमा दर्ता भएको साढे दुई वर्षपछि आइतबबार बैठकमा सो प्रस्ताव पेस गर्न लागिएको हो ।
बालुवाटारमा आइतबार बिहान बसेको पाँँचदलीय गठबन्धनको बैठकले एमसीसी सम्झौता अनुमोदन प्रस्ताव आइतबारकै प्रतिनिधिसभाको बैठकमा पेस गर्ने सहमति भएको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिएका हुन् ।
केपी ओली नेतृत्वको तत्कालीन सरकारका अर्थमन्त्री डा। युवराज खतिवडाले ३० असार २०७६ मा संसद सचिवालयमा एमसीसी सम्झौता अनुमोदन प्रस्ताव दर्ता गरेका थिए । तर, तत्कालीन सरकार नेतृत्वकर्ता दल नेकपाभित्र मतभेद हुँदै अन्य दलसहित नागरिकस्तरबाट पनि विरोध भएपछि संसद बैठकमा पेस हुन सकेको थिएन । २९ भदौ २०७४ मा एमसीसी सम्झौता भएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०८ फागुन २०७८, ११ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमसीसीकी सीईओ अल्ब्राइट नेपाल आउँदै
एमसीसीबाट नेपालले देशको हित हुनेगरी लाभ लिनुपर्छ : सभामुख घिमिरे
एमसीसी कार्यान्वयनविरुद्ध विप्लव र मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीले गर्यो विरोध
एमसीसी परियोजना आजदेखि कार्यान्वयनमा, अर्थ मन्त्रालयमा गरियो 'लन्च'
व्याख्यात्मक घोषणा झुटको खेस्रो, एमसीसी कार्यान्वयनमा जान्छ : केपी ओली
एमसीसी सम्झौताआजदेखि पूर्णरुपमा लागू, अमेरिकाद्वारा व्याख्यात्मक घोषणा स्वीकार