एमसीसीबारे निर्णायक छलफल गर्न बालुवाटारमा सत्ता गठबन्धनको बैठक शुरु, संसदमा टेबल गर्नेमा नेताहरु सहमती नजिक

सफल खबर संवाददाता

आइतबार, ०८ फागुन २०७८, १० : ४१
एमसीसीबारे निर्णायक छलफल गर्न बालुवाटारमा सत्ता गठबन्धनको बैठक शुरु, संसदमा टेबल गर्नेमा नेताहरु सहमती नजिक

काठमाडौं । आज बस्ने निर्धारित गरिएको प्रतिनिधि सभा बैठकमा अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) टेबल गर्ने नगर्ने बारे सत्ता गठबन्धनको निर्णायक बैठक शुरु भएको छ । 

बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको हो ।  गत शुक्रबार सत्ता गठबन्धनबीच सहमति जुटन नसकेपछि थप गृहकार्य गर्ने भन्दै आजलाई बैठक सारिएको थियो।

एमसीसीका बारेमा निर्णय लिनका लागि यसअघि बोलाईएका दुईवटा बैठक अनिर्णित भए पछि गठबन्धनको सल्लाह अनुसार आज बैठक बोलाइएको हो।  बैठक पछि एमसीसी कार्यसुचीमा प्रवेश गराउने कि नगराउने निर्णय हुनेछ। बालुवाटार श्रोतका अनुसार बैठकमा गठबन्धन दलका नेताहरु आज संसदमा एमसिसी टेबल गर्ने सहमती नजिक पुगेका छन् । 

प्रतिक्रिया दिनुहोस