मकवानपुर । बागमती प्रदेशका १३ वटै जिल्लाका खेलकुद विकास समिति अध्यक्षहरू पदमुक्त भएका छन् । गत बिहीबार बसेको प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले प्रदेश खेलकुद विकास नियमावली संशोधन गरी जिल्ला अध्यक्षहरूको पदावधि दुई वर्ष कायम गरेसँगै उनीहरू पदमुक्त भएका हुन् ।
अघिल्लो सरकारले अव्यवस्थित रूपमा पदावधि नै कायम नगरी उनीहरूलाई नियुक्त गरेको हाल नियमावली संशोधन गरेर २ वर्ष कायम गरेसँगै उनीहरू स्वतः पद मुक्त भएको युवा तथा खेलकुद विकास मन्त्रालयले जनाएको छ ।उनीहरू तत्कालीन नेकपाको सरकार कायम रहँदा नियुक्त भएका थिए।
उनीहरूलाई गत २०७६ माघ २२ गते नियुक्त गरिएको थियो । नियमावली संशोधन भएसँगै यसअघि नियुक्त भएका अध्यक्षहरूको कार्यकाल गत माघ २२ गते सकिएको छ । हाल मन्त्रालयले नियमावली संशोधन गरेपछि भने उनीहरूले सेवा सुविधा पनि पाउने भएका छन् । सरकारले नियमावली संशोधन गर्दै उनीहरूलाई मासिक रूपमा यातायात र सञ्चार खर्च बापत २० हजारका दरले सेवा सुविधा उपलब्ध गराउने व्यवस्था गरेको हो । अघिल्लो सरकारले उक्त नियमावलीमा अध्यक्षहरूको सेवा सुविधाको व्यवस्था भने गरेको थिएन ।
नियुक्त भएका सम्पूर्ण अध्यक्षहरू एमाले र माओवादी केन्द्र निकट रहेका थिए । प्रदेश सरकार परिवर्तन भएसँगै तत्कालीन एमालेका मुख्यमन्त्री डोरमणि पौडेलले नियुक्त गरेका समिति अध्यक्षहरूलाई पदावधि कायम गर्दै वर्तमान सरकारले पदमुक्त गरेको हो । विगतमा सरकारले समितिलाई आवश्यक कानुन तथा नियमावली उपलब्ध नगराउँदा समिति अध्यक्षहरू बेरोजगार जस्तै बनेका थिए। उनीहरूले धेरै पटक आवश्यक नियमावली र अधिकार मागे पनि प्रदेश सरकारले उपलब्ध गराउन सकेको थिएन ।
बागमती सरकारले हतारमा आवश्यक ऐन, कानुन र नियमावली बिनै खेलकुद विकास समिति अध्यक्षहरू नियुक्त गरेको मन्त्रालयको भनाई छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०७ फागुन २०७८, १९ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चालु आवको तीन महिनामा बागमती प्रदेश सरकारको खर्च ६.१९प्रतिशत
बागमती प्रदेशका सभामुखले बुझाए राजीनामा
बागमती प्रदेशभित्रका सबै पत्रकारको निःशुल्क स्वास्थ्य बिमा गरिने
मुख्यमन्त्री बानियाँद्वारा मन्त्रिपरिषद् विस्तार, आजै शपथ
बागमती प्रदेशका दुई जिल्ला अध्यक्ष मात्रै ओलीको पक्षमा !
लामाका मन्त्री नियुक्त नगरे बागमतीका मुख्यमन्त्री बानियाँलाई पर्न सक्छ संकट