प्रदेश १ को नामकरण गर्न सर्वदलीय बैठक आह्वान

पत्रपत्रिकाबाट

शनिबार, ०७ फागुन २०७८, ०८ : ०८
प्रदेश १ को नामकरण गर्न सर्वदलीय बैठक आह्वान

काठमाडौं । प्रदेश १  सरकारले  प्रदेशको  नामकरण  गर्न  दलहरूसँग  छलफल  गर्ने  भएको  छ  ।  छलफलका  लागि  प्रदेश  सरकारले  फागुन  १० गते  सर्वदलीय बैठक आह्वान गरेको छ ।

प्रदेशको    नामकरणका    लागि    समन्वय    तथा    सहजीकरण    गर्न    यसअघि  प्रदेश  सरकारले  गठन  गरेको  स्वास्थ्य मन्त्री जयराम यादव नेतृत्वको समन्वय  समितिले  सर्वदलीय  बैठकको  आह्वान गरेको हो ।

सरकारले   नामाकरणका   लागि   छलफल  र  समन्वय  गर्न  तत्कालीन  सामाजिक   विकास   मन्त्री   जयराम   यादवलाई  जिम्मेवारी  दिएको  थियो  ।  समन्वय     समितिको     सक्रियतामा     मुख्यमन्त्री     राजेन्द्र     राईसमेतको     उपस्थितिमा   सत्ता   गठबन्धनमा   आवद्ध   राजनीतिक   दलका नेताहरू र सरकारका मन्त्रीहरूको बैठक बसेर नामकरणका लागि प्रक्रिया अगाडि बढाउने र फागुन १० गते सर्वदलीय बैठक बस्ने सहमति गरेको थियो ।

बैठकमा  नेपाली  काँग्रेसका  तर्फबाट  संसदीय  दलका उपनेता एवं सडक, पूर्वाधार तथा सहरी विकास मन्त्री हिमाल कार्की, नेकपा माओवादी केन्द्रका संसदीय दलका  नेता  एवं  आर्थिक  मामिला  तथा  योजना  मन्त्री  इन्द्र आङ्बो र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी संसदीय दलका नेता तथा सामाजिक विकास राज्यमन्त्री विष्णु तुम्बाहाम्फे सहभागी रहेको खबर गोरखापत्रमा  छापिएको छ ।

प्रतिक्रिया दिनुहोस