एमसिसी संसद्मा प्रवेश हुनेमा अझै अन्योल

पत्रपत्रिकाबाट

शुक्रबार, ०६ फागुन २०७८, ०८ : ०७
एमसिसी संसद्मा प्रवेश हुनेमा अझै अन्योल

काठमाडौं । प्रतिनिधिसभामा अमेरिकन मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) टेबुल हुने वा नहुने अवस्था बारे अझै अन्योल नै देखिएको छ।

शुक्रबार दिउँसो १ बजे बोलाइएको प्रतिनिधिसभाको बैठकमा एमसिसी टेबुल गर्ने सरकारले चाहिरहेको छ। तर, सत्तारुढ गठबन्धनबीच एमसिसी अघि बढाउने विषयमा सहमति नजुटेपछि सरकारले संसदमा एमसीसी लैजाने हो वा हैन यसबारे गठबन्धनको शुक्रबार बिहान बस्ने बैठक पछिसम्म कुर्नुपर्ने देखिन्छ।

सभामुख अग्निप्रसाद सापकोटाले शुक्रबार साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्। बिहान १० बजे बोलाइएको गठबन्धनको बैठकपछि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने तयारी गरिएको हो।

बिहीबार रातिसम्म चलेको गठबन्धनको बैठकमा सहमति नभए पछि सभामुखले सम्भावित कार्यसूचीमा आदिवासी जनजातिको प्रतिवेदन पेश गर्ने विषय कार्यसूचीमा राखेका छन्। गठबन्धनमा रहेका मुख्य गरी माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीबीचको एमसिसीमा असहमति भएपछि बुधबारको संसद्मा एमसिसी टेबुल गर्नबाट प्रधानमन्त्री देउवा पछि हटेका थिए।

यता प्रमुख प्रतिपक्षी दल एमालेले बिहीबार पनि आफ्नो धारणा स्पष्ट गरेको छैन। प्रधानमन्त्री ओलीलाई भेटन गएका कांग्रेस नेता डा। मिनेन्द्र रिजालसँग पनि एमाले अ्रध्यक्ष ओलीले आफ्नो भित्री कुरा बताएका थिएनन्। एमसिसीबारे आफ्नो धारणा स्पष्ट नगर्नुको पछाडि एमालेले सरकार ढलाउनै खोजेको देखिएको स्रोतको दाबी छ। नागरिक दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस