काठमाडौं । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बसेको छ । बुधबार साँझदेखि झण्डै पाँच घण्टा चलेको बैठकले अमेरिकी सहयोग परियोजना एमसीसी, सत्ता गठबन्धन र आगामी चुनाव केन्द्रित छलफल गरेको छ ।
सचिवालय बैठकले निकालेको निष्कर्षलाई शनिबार बस्ने स्थायी कमिटीबाट अन्तिम रूप दिने एकीकृत समाजवादीको तयारी छ । ‘हतार, हतपत र उत्ताउलो पारामा जाँदैनौं । स्थायी कमिटी बैठकबाट मुलुक, व्यवस्था र संविधान अनुकुल निर्णय गर्छौं’, उपमहासचिव गंगालाल तुलाधार भने ।
विशेषगरी एमसीसीबारे पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्न नेताहरूको दबाब बढेपछि बुधबार निकै लामो बैठक चलेको थियो । बैठकले एमसीसी, गठबन्धन र आगामी चुनावबारे मोटामोटी निष्कर्ष समेत निकालेको एक नेता बताउँछन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०५ फागुन २०७८, १५ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादी र नेकपा एसबीच एकीकरण हुने लगभग निश्चित, यस्तो छ सहमति
नेकपा एसले बोलायो सचिवालय बैठक
चुनावको तयारी गर्न घनश्याम भुसालको नेतृत्वमा नेकपा एसले बनायो कार्यदल
‘जेन जेड पुस्ताको आन्दोलनमा सरकारले हिंसात्मक दमन गर्यो’: नेकपा एस
रुपन्देही-३ उपनिर्वाचनका लागि नेकपा एसबाट सात जना सिफारिस
नेकपा एसको कार्यालयमा शिक्षक महासंघको धर्ना, ध्यानाकर्षण पत्र बुझाउने