काठमाडौं । सत्तारुढ गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले छुट्टै छलफल गरेका छन् ।
सिंहदरबारस्थित नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठबीच छलफल भएको हो ।
उनीहरुबीचको छलफलको विषय खुलाइएको छैन, तर अमेरिकी सहयोग परियोजना एमसीसी र सत्तारुढ गठबन्धनको भविष्यबारे कुराकानी भएको हुन सक्ने नेताहरु निकट स्रोतको भनाइ छ । बुधबार सरकारले एमसीसी सम्झौता संसद बैठकमा टेबल गर्ने तयारी गरेको थियो । तर सत्तारुढ गठबन्धनभित्रको विवादका कारण पेश हुन सकेन ।
सरकारको नेतृत्वकर्ता दल नेपाली कांग्रेस जसरी पनि एमसीसी सम्झौता संसदमा टेबल गर्नुपर्ने पक्षमा छन् । तर माओवादी केन्द्र र एकीकृत समाजवादी एमसीसी सम्झौता यथास्थितिमा संसदमा टेबल गर्न पनि नदिने पक्षमा छन् । तर जसपा भने विभाजित छ ।
प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच बिहीबार विहान भएको भेटमा पनि एमसीसीलगायतका विषयमा छलफल भएको स्रोतको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०५ फागुन २०७८, १५ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: प्रचण्ड
एमाले महाधिवेशनमा प्रचण्ड-माधव नजाने
पर्वतहरू प्रकृतिका अमूल्य धरोहर : प्रचण्ड
मुलुकको संकट अझै टरेको छैन: प्रचण्ड
सामाजिक न्यायबिना कुनै पनि समाज सभ्य, समृद्ध र लोकतान्त्रिक बन्न सक्दैन : प्रचण्ड
२०४६ यता उच्च पदमा पुगेका सबैको सम्पत्ति छानबिन गर्न ‘प्रचण्ड’को माग