काठमाडौं । सत्तारुढ गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले छुट्टै छलफल गरेका छन् ।
सिंहदरबारस्थित नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठबीच छलफल भएको हो ।
उनीहरुबीचको छलफलको विषय खुलाइएको छैन, तर अमेरिकी सहयोग परियोजना एमसीसी र सत्तारुढ गठबन्धनको भविष्यबारे कुराकानी भएको हुन सक्ने नेताहरु निकट स्रोतको भनाइ छ । बुधबार सरकारले एमसीसी सम्झौता संसद बैठकमा टेबल गर्ने तयारी गरेको थियो । तर सत्तारुढ गठबन्धनभित्रको विवादका कारण पेश हुन सकेन ।
सरकारको नेतृत्वकर्ता दल नेपाली कांग्रेस जसरी पनि एमसीसी सम्झौता संसदमा टेबल गर्नुपर्ने पक्षमा छन् । तर माओवादी केन्द्र र एकीकृत समाजवादी एमसीसी सम्झौता यथास्थितिमा संसदमा टेबल गर्न पनि नदिने पक्षमा छन् । तर जसपा भने विभाजित छ ।
प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच बिहीबार विहान भएको भेटमा पनि एमसीसीलगायतका विषयमा छलफल भएको स्रोतको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०५ फागुन २०७८, १५ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गणतान्त्रिक प्रणालीमा प्राप्त परिणामलाई सकारात्मक रूपमा लिएको छु : प्रचण्ड
चुनावमा अन्तर्घात गर्नेलाई कारवाही गरेर पार्टी पुनर्गठन सुरु गर्ने ‘प्रचण्ड’को घोषणा
राज्यका सबै संरचनामा महिलाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नुपर्छ : प्रचण्ड
रुकुम पूर्वबाट भारी मत सहित ‘प्रचण्ड’ विजयी
प्रचण्डको जित सुनिश्चित
भुमेको ४ वटा वडाको मत सार्वजनिक, प्रचण्डले एक हजार मतले लिड