काठमाडौं । काठमाडौं महानगरपालिका–१६ नयाँ बजार मेडिकल चोक एरियाबाट एक हजार दरका दुई सय ९४ थान नक्कली नेपाली नोट सहित ४ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा रौतहट गौर नगरपालिका–१२ घर भएका २८ वर्षीय पृथ्वी प्रसाद साह, रौतहट राजपुर नगरपालिका–३ घर भएका २७ वर्षीय मोहम्मद मुसरफ अली, रौतहट राजपुर नगरपालिका–६ घर भएका ३० वर्षीय असरफ अली सहिद र रौतहट गौर नगरपालिका–९ घर भएका २८ वर्षीय महमद शम्साद आलम रहेका छन् ।
उक्त स्थानमा नक्कली नोटको अवैध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले उक्त परिमाणको नक्कली नेपाली नोट सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको उक्त महाशाखाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०५ फागुन २०७८, १२ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बसको ठक्करबाट युवकको मृत्यु, चालक पक्राउ
नेपाल ट्रस्टका पूर्व सचिव लेखबहादुर कार्की पक्राउ
वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
खैरो हेरोइनसहित युवक पक्राउ
रौतहटमा फरार २ कैदीसहित ११ प्रतिवादी पक्राउ
सामाजिक सञ्जालमार्फत नाबालिकाको चरित्र हत्या गर्ने एक जना पक्राउ