भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या बढ्यो

एजेन्सी

विहीबार, ०५ फागुन २०७८, १२ : ०३
भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या बढ्यो

काठमाडौं । भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्यामा फेरि वृद्धि हुन थालेको छ । केन्द्रीय स्वास्थ्य मन्त्रालयले बिहीबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा ५४१ जनाको संक्रमणबाट मृत्यु भएका छ । बुधबार संक्रमणबाट ५१४ जनाको मृत्यु भएको थियो ।

पछिल्लो २४ घण्टामा ३० हजार ७५७ जनामा ​​कोरोना संक्रमण पुष्टि भएको छ भने ६७ हजार ५३८ जना निको भएका छन् ।स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार अहिले मुलुकमा ३ लाख ३२ हजार ९१८ सक्रिय सङ्क्रमित रहेका छन् ।

योसँगै हालसम्म देशभर कोरोना संक्रमितको संख्या ४ करोड २७ लाख नाघेको छ । जसमध्ये ४ करोड १९ हजार १० हजार ९८४ निको भएका छन् । यस्तै, मृत्युको संख्या ५ लाख १० हजार ४१३ जना पुगेको छ ।

प्रतिक्रिया दिनुहोस