काठमाडौँ । सुनको भाउ बिहीबार प्रतितोलामा एक हजार रुपैयाँको दरले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको भाउ तोलाको ९६ हजार १०० रुपैयाँ कायम भएको छ । यसअघि बुधबार छापावाल सुन तोलाको ९५ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी,बिहीबार तेजावी सुनको भाउ तोलाको ९५ हजार ६०० रुपैयाँ निर्धारण भएको छ । चाँदीको मूल्य पनि १० रुपैयाँले घटेको छ । बुधबार एक हजार २८५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार एक हजार २९५ रुपैयाँ निर्धारण भएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०५ फागुन २०७८, ११ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्य बढ्यो, चाँदीको स्थिर
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुदैँछ कारोबार ?
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुदैँछ कारोबार ?
घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार?
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो