काठमाडौं । कर्तव्य ज्यान मुद्दाका आरोपीलाई प्रहरीको केन्द्रीय अनुसन्धानन ३७ वर्षपछि आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुरको साविक चापागाउँ गाविस हाल गोदावरी नगरपालिका १० बस्ने सुनबहादुर तामाङ रहेका छन् ।
उनीमाथि विसं २०४१ सालमा सोही ठाउँका कान्छो भन्ने गणेशबहादुर नगरकोटीलाई कर्तव्य गरी मारेको आरोप छ । ललितपुर जिल्ला अदालतबाट विसं २०४४ मा साविक मुलुकी ऐन, अदालती बन्दोबस्तको महल १९० बमोजिम उक्त मुद्दा मुल्तबीमा रहने गरी फैसला भएको थियो ।
फैसला कार्यान्वयन तथा फरार प्रतिवादीको खोजतलास एवं पक्राउको लागि ब्यूरोबाट परिचालित टोलीले तामाङ्लाई आज ललितपुरको सल्यानगाउँबाट पक्राउ गरी ललितपुर जिल्ला अदालतमा पेश गरेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, ०४ फागुन २०७८, १९ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कटुवा पेस्तोलसहित युवा पक्राउ
विदेश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ
स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ
खैरो हेरोइनसहित एक जना ठमेलबाट पक्राउ
लागुऔषधसहित एकजना पक्राउ
३६ लाखको बैंकिङ कसुर मुद्दाका प्रतिवादी पक्राउ