काठमाडौं । कर्तव्य ज्यान मुद्दाका आरोपीलाई प्रहरीको केन्द्रीय अनुसन्धानन ३७ वर्षपछि आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुरको साविक चापागाउँ गाविस हाल गोदावरी नगरपालिका १० बस्ने सुनबहादुर तामाङ रहेका छन् ।
उनीमाथि विसं २०४१ सालमा सोही ठाउँका कान्छो भन्ने गणेशबहादुर नगरकोटीलाई कर्तव्य गरी मारेको आरोप छ । ललितपुर जिल्ला अदालतबाट विसं २०४४ मा साविक मुलुकी ऐन, अदालती बन्दोबस्तको महल १९० बमोजिम उक्त मुद्दा मुल्तबीमा रहने गरी फैसला भएको थियो ।
फैसला कार्यान्वयन तथा फरार प्रतिवादीको खोजतलास एवं पक्राउको लागि ब्यूरोबाट परिचालित टोलीले तामाङ्लाई आज ललितपुरको सल्यानगाउँबाट पक्राउ गरी ललितपुर जिल्ला अदालतमा पेश गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, ०४ फागुन २०७८, १९ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनमा ठूलो परिमाणमा ट्रामाडोलसहित पाँच जना पक्राउ
फरार दुई प्रतिवादी पक्राउ
एमालेका नेता कोइरी पक्राउ
कार्गोमार्फत अमेरिका गहना तस्करीको प्रयास, दुई जना पक्राउ
ठमेलमा अश्लील क्रियाकलापमा संलग्न पाँच विदेशी महिला पक्राउ
१५ वर्ष कैद सजाय तोकिएका फरार कैदी कपिलवस्तुबाट पक्राउ