काठमाडौँ । अमेरिकी सहयोग परियोजना एमसीसीको विरोधमा प्रदर्शन गर्ने ५२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएकाहरूलाई महेन्द्र पुलिस क्लब र उपत्यकाको विभिन्न प्रहरी कार्यालयमा राखिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता सन्तोषसिंह राठौरले जानकारी दिए ।
काठमाडौंको नयाँ बानेश्वर, विजुली बजार, माइतीघरलगायत क्षेत्रबाट उनीहरू पक्राउ परेका हुन् । प्रदर्शनकारीहरू माओवादी केन्द्र, एकीकृत समाजवादी, नेकपा, नेकपा–क्रान्तिकारी, राप्रपालगायत पार्टीका नेता कार्यकर्ता रहेका छन् ।
संसद् बैठकमा सरकारले एमसीसी टेबल गर्न लाग्दा उनीहरूले विरोध प्रदर्शन गरेका हुन् । उनीहरूले एमसीसी खारेज गर्नुपर्ने लगायत माग राखेर प्रदर्शन गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०४ फागुन २०७८, १२ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दुर्गा प्रसाईँ पक्राउ
सिन्धुलीमा ५७ हजार अमेरिकी डलरसहित एकजना पक्राउ
प्रहरीमाथि चक्कु प्रहार गर्ने गिरोहका ४ जना पक्राउ
१० लाख बढी हुन्डीको रकमसहित ३ जना पक्राउ
पर्यटकलाई दुःख दिने १२ जना पक्राउ
७५० केजी गाँजासहित दुई जना पक्राउ