काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले आज तय भएको प्रतिनिधिसभा बैठक अवरोध गर्ने भएको छ । बैठक दिउँसाे १ बजे बस्दैछ । एमालेले निस्कासन गरेका १४ सांसदलाई सभामुखले कारबाही नगरेको भन्दै संसद अवरोध गर्दै आएको एमालेले आज पनि निरन्तरता दिने भएको हो ।
एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले भने, ‘एमालेले निस्कासन गरेका १४ सांसदलाई सभामुखले कारबाही नगरेसम्म हाम्रो विरोध हिजो पनि थियो, आज पनि रहने छ ।’
सभामुख अग्नि सापकोटाले बिहान साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । एमालेका माग कार्यव्यवस्था समितिलाई जानकारी गराइने नेम्वाङले बताए । एमसिसीको विषयमा भने एमाले ‘पर्ख र हेर’को अवस्थामा छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०४ फागुन २०७८, १० : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जिल्ला अध्यक्षसँग एमाले महासचिव पोखरेलले गरे भर्चुअल बैठक
एमालेले आज एकैपटक देशभरका पार्टी कमिटीलाई ११औँ महाधिवेशनको सन्देश प्रवाह गर्दै
ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणी- मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने होइन, कानूनअनुसार हुन्छ
एमालेले केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर सल्लाहकार परिषद् गठन गर्ने
एमाले केन्द्रीय कमिटीको पहिलो बैठक सुरु
विद्या भण्डारीलाई एमाले इन्ट्री ‘झन्’ सकस !