आज संसद् बैठकमा एमसिसी टेबल गर्ने तयारी

सफल खबर संवाददाता

बुधबार, ०४ फागुन २०७८, ०८ : ४५
आज संसद् बैठकमा एमसिसी टेबल गर्ने तयारी

काठमाडौं । सरकारले आज बस्ने प्रतिनिधिसभा बैठकमा एमसिसी टेबल गर्ने तयारी गरेको छ । बैठक दिउँसो १ बजे बस्दैछ । संघीय संसद सचिवालयले मंगलबार सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा एमसिसी प्रस्तावलाई समावेश गरिएको छैन, सत्तासीन कांग्रेसका नेताहरुले कार्यसूचीमा एमसिसी थपिने प्रतिक्रिया मंगलबार नै दिएका थिए ।

कांग्रेसको मंगलबार सम्मपन्न केन्द्रीय कार्यसम्पादन बैठकले एमसिसीलाई संसदमा टेबल गर्नुपर्ने निस्कर्ष निकालेको थियो । प्रतिपक्षी एमालेका अध्यक्ष केपी ओलीले पनि सभामुखले एमसिसी रोक्न नमिल्ने बताइसकेका छन् । यद्यपि, मतदानमा एमालेको भूमिका के हुन्छ स्पष्ट छैन । 

सत्ता घटक माओवादी केन्द्र र एकीकृत समाजवादीले सदनबाहिर एमसिसीको विरोध गरिरहे पनि दबाबमा छन् ।सभामुख अग्निप्रसाद सापकोटाले त्यसअघि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । बैठक बिहान साढे ११ बजे बस्दैछ ।

प्रतिक्रिया दिनुहोस