काठमाडौं । जसपाका संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले एमसीसीको विरोध गर्नेहरु गठबन्धनकै समर्थकसँग मिलेर सरकारमा बस्न नमिल्ने बताएका छन् । एमसीसीको समर्थक र विरोधी एकै गठबन्धनमा बस्नै नमिल्ने उनको तर्क छ ।
‘एमसीसीको मुद्दालाई एउटा विकास अनुदानको विषय मात्र नबनाएर देशको परराष्ट्र नीति,राज्यप्रणाली र विकास नीतिको विषय बनाउने हो भने यसका समर्थक र विरोधीहरू एउटै गठबन्धन–सरकारमा बस्न मिल्दैन’, भट्टराईले ट्वीटरमा भनेका छन्, ‘सत्ताको तर पनि मार्ने र बाहिर साखुल्ले हुने छुट हुनुहुदैन।’उनले यस्तो हुने हो भने ‘भेडा भेडासँग बाख्रा बाख्रासँग हुनु राम्रो’ हुन्छ भनि टिप्पणी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०४ फागुन २०७८, ०८ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
१०० दिनको समीक्षा गर्दै बाबुराम भट्टराईले भने : ‘नयाँ सरकारलाई केही समय दिन उपयुक्त
रास्वपाले प्रदेशसभा खारेज गर्ने प्रस्ताव गरेको हो भने त्यो ठुलो भूल हुनेछ : डा भट्टराई
लामिछानेको दिल्ली भ्रमण कूटनीति दुष्चक्र तोड्न सफल होस् : बाबुराम भट्टराई
नयाँ सरकारसँग जनताको ठुलो अपेक्षा छ, नेतृत्वको ध्यान पुगोस्: डा. भट्टराई
‘बुढीगण्डकी आयोजना अघि बढाउने पहल सकारात्मक’ : डा. बाबुराम भट्टराई
रास्वपा सरकारले बुढीगण्डकी आयोजनालाई पुनः अघि बढाउने पहल गर्नु सकारात्मक : भट्टराई