उपत्यकामा ५ दलको बन्द प्रभाव कस्तो छ ?

सफल खबर संवाददाता

बुधबार, ०४ फागुन २०७८, ०७ : ४७
उपत्यकामा ५ दलको बन्द प्रभाव कस्तो छ ?

काठमाडौं । एमसीसीको विरोधमा रहेका ५ दल र एउटा मोर्चा संगठनले गरेको बन्दको प्रभाव काठमाडौं उपत्यकामा खासै परेको छ ।

बन्दकर्ताले गर्नसक्ने उच्छृंखल गतिविधिलाई रोक्न बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।  गृह मन्त्रालयले मंगलबार नै सर्कुलर जारी गरेर सुरक्षा व्यवस्था चुस्त बनाउन निर्देशन दिएको थियो । 

बन्द गराउनेमा मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेकपा, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी तथा सीपी गजुरेल नेतृत्वको देशभक्त गणतान्त्रिक मोर्चा नेपाल पार्टी रहेका छन् । 

बन्दले लामो दूरीमा चल्ने गाडी भने प्रभावित भएका छन् ।