काठमाडौँ । नेपाली कांग्रेसले एमसीसी जनप्रतिनिधि संस्थामा प्रस्तुत गराउन र छलफल गराउन सभामुखले रोक्न नमिल्ने निष्कर्ष निकालेको छ ।
कांग्रेसको निर्णयमा भनिएको छ, ‘राष्ट्रिय हित,अन्तराष्ट्रिय सम्बन्ध, आर्थिक कुटनीति र पूर्वाधार विकाससंग जोडिएको यो संवेदनशील विषय तथा आम चासो र सरोकारको विषय जनप्रतिनिधि संस्था सार्वभौम संसदमा प्रस्तुत र छलफल गराउन सभामुखले कुनै पनि वहानामा रोक्न, आलटाल र अबरोध गर्न मिल्दैन । यो संवेदनशीलतालाई बुझेर तत्कल यो विषयलाई संसदको एजेण्डा बनाउनु सभामुखको जिम्मेवारी हो ।’
कांग्रेसले एमसिसी सम्झौतालाई संघीय संसदमा अनुमोदनका लागि अबिलम्ब प्रस्तुत गर्न सरकारलाई सुझाव पनि दिएको छ । त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले एमसीसी सम्झौता संसदमा पेश गरेकाले संसदबाट अनुमोदन गराउन नेकपा एमालेले सहयोग गर्ने आशा राखेको छ ।
त्यस्तै तत्कालिन नेकपामा रहेको र एमसीसी सम्झौताको विभिन्न प्रक्रियामा सहभागी भएको नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीलगायतका राजनितिक दलले पनि अनुमोदनमा सहयोग गर्ने कांग्रेलस अपेक्षा राखेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०३ फागुन २०७८, २१ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अफताब आलमको निधनमा कांग्रेसले आइतबार पार्टी कार्यालयहरू बन्द गर्ने
काँग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आजपनि बस्दै
काँग्रेसमा नियमित महाधिवेशन पक्षधरले पनि काठमाडौँमा भेला आयोजना गर्दै
कांग्रेस केन्द्रीय समिति बैठक आजपनि बस्दै