काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभाको बुधबारको बैठकको कार्यसूचीमा एमसीसी थपिने बताएका छन् । मंगलबारको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि पत्रकार कुरा गर्दै कांग्रेस प्रवक्ता प्रकाशशरण महतले बुधबारको प्रतिनिधि सभा बैठकको कार्यसूचीमा एमसीसी पनि रहने बताएका हुन् ।
'एमसीसी टेबल हुन्छ । एमसीसी भोलिको कार्यसूचीमा नभए थपिएला । यो कार्यसूचीमा थपिनुपर्छ', बैठकपछि पत्रकारहरूले राखेको जिज्ञासामा उनले भने ।संसद् सचिवालयले मंगलबार सार्वजनिक गरेको बुधबार दिउँसो १ बजे बस्ने बैठकको सम्भावित कार्यसूचीमा शोक प्रस्ताव पेस गर्ने मात्र समेटिएको छ ।
बुधबारको बैठकमा एमसीसी टेबुल गर्ने भनिएका बेला सम्भावित कार्यसूचीमा भने नसमेटिएको हो । सभामुख अग्निप्रसाद सापकोटाले बुधबारका लागि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । उक्त बैठकमार्फत प्रतिनिधिसभाको कार्यसूची परिवर्तन गर्न सकिने आकलन गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०३ फागुन २०७८, १८ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अफताब आलमको निधनमा कांग्रेसले आइतबार पार्टी कार्यालयहरू बन्द गर्ने
काँग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आजपनि बस्दै
काँग्रेसमा नियमित महाधिवेशन पक्षधरले पनि काठमाडौँमा भेला आयोजना गर्दै
कांग्रेस केन्द्रीय समिति बैठक आजपनि बस्दै