काठमाडौं । नेपाली काँग्रेसले भ्रातृ संस्थाको वर्तमान कमिटी भंग गरेको छ । मंगलबार बसेको काँग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकले म्याद सकिएका भ्रातृ संस्थाको म्याद नथप्ने निर्णय गरेको एक पदाधिकारीले बताए । योसँग म्याद सकिएका भ्रातृ संस्था विघटन भएको ती पदाधिकारीको भनाइ छ ।
काँग्रेसमा भ्रातृ संस्थाहरू महिला संघ, दलित संघ, तरुण दल नेविसंघ र मुस्लिम संघमा नेतृत्व विहीन थियो भने बाँकी अधिकांशको पनि महाधिवेशन हुन सकेको थिएन । काँग्रेसका १३ भ्रातृ संस्था र १८ शुभेच्छुक संस्थामध्ये अधिकांशको म्याद सकिएको थियो ।
भंग गरिएका भ्रातृ संस्थामा नयाँ कमिटी ल्याइने छ । नयाँ कमिटी ल्याउने अधिकार बैठकले सभापति शेरबहादुर देउवालाई दिएको ती पदाधिकारीले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०३ फागुन २०७८, १७ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मधेशबाट काँग्रेसको निर्वाचन तयारी औपचारिक रूपमा प्रारम्भ हुने
कांग्रेसले गगनलाई बनायो भावी प्रधानमन्त्रीको उम्मेदवार
कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, सभापति गगन थापालाई भावी प्रधानमन्त्री घोषणा गरेर चुनावमा होमिने
झापामा कांग्रेस–एमालेलाई बालेनले दिए झट्का : कांग्रेस एमालेकै जिम्मेवार नेताहरु पार्टी छोड्दै रास्वपा प्रवेश
कांग्रेसमा देउवा र गगनका बीचमा दुई बुँदे अन्तरिम सहमति
कांग्रेस विवाद : देउवा समूहको रिटमा आज पेसी