एमसीसी संसदमा पेस हुन्छ : कानूनमन्त्री

सफल खबर संवाददाता

मंगलबार, ०३ फागुन २०७८, १३ : ३५
एमसीसी संसदमा पेस हुन्छ : कानूनमन्त्री

काठमाडौं । कानूनमन्त्री दिलेन्द्रप्रसाद बडुले भोलिको संसद बैठकमा एमसीसी टेबल हुने बताएका छन् । कांग्रेस संसदीय दलको बैठक चलिरहँदा बाहिर सञ्चारकर्मीसँग कुरा गर्दै उनले सम्भवतः भोलिको सदनमा एमसीसी पेस हुने बताएका हुन् ।

पूर्वअर्थमन्त्री रामशरण महतले एमसीसीबारे कांग्रेस सांसदलाई ब्रिफिङ गरेको मन्त्री बडुको भनाई छ । सत्ता गठबन्धनले प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणामाथि महाअभियोग लगाएपछि उत्पन्न राजनीतिक परिस्थिति र पेचिलो बन्दै गएको छ ।

अहिले एमसीसीको विषयमा आवश्यक निर्णय लिन कांग्रेस संसदीय दलको बैठक बसिरहेको छ । हिजो बोलाइएको संसद बैठक भोलिलाई सारिएको छ ।

 

प्रतिक्रिया दिनुहोस